असार ३०, २०८२ सोमबार July 14, 2025

एमालेका जिल्ला कमिटी सदस्य सहित १ दर्जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै नेकपा एमाले बैतडीका जिल्ला कमिटी सदस्य लक्षीराम विकको नेतृत्वमा वडा कमिटी उपाध्यक्षसहित १२ जना नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ ।

आइतबार बैतडीको पाटन नगरपालिका–१, सकारमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता नरेन्द्र कुँवरलगायतका नेताले आयोजना गरेको घरदैलो कार्यक्रममा लक्षीराम बिक, पाटन नगरपालिका–१, वडा कमिटीका उपाध्यक्ष हजारी बिक, वडा सदस्य शेरसिंह बोहरा, दिलिप लावड, रघुवीर बोहरालगायतलाई माओवादी केन्द्रमा प्रवेश गराइएको थियो ।

लक्षीराम बिकले सङ्घीयता, गणतन्त्र र समावेशी माओवादी केन्द्रको सङ्घर्षका कारण प्राप्त भएकाले संविधानको रक्षा गर्न आफूसहित १२ जना नेताले नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गठबन्धनले संविधान, सङ्घीयता र समावेशीताको रक्षा गर्ने भएकाले चुनावी प्रचारकै क्रममा हामी माओवादी केन्द्रमा प्रवेश गरेका हौं ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार