असार ३०, २०८२ सोमबार July 14, 2025

कास्की-३ मा ‘जीवन’ र ‘बैरागी’ बीच कडा प्रतिष्पर्धा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ ले नयाँ जनप्रतिनिधि पाउने पक्का छ । यसभन्दा अघि निर्वाचित सांसदले टिकट नपाएपछि यस क्षेत्रले नयाँ प्रतिनिधिसभा सदस्य चयन गर्नेछ ।

कास्की ३ मा सत्ता गठनबन्धनबाट नेकपा (माओवादी केन्द्र ) का रामजीप्रसाद बराल ‘जीवन’ र नेकपा (एमाले)का दमोदर पौडेल ‘बैरागी’बीच प्रतिस्पर्धा हुने देखिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनमा दुवै उम्मेदवारले खाता खोल्ने दाउमा हुनेछन् । एमालेको तर्फबाट पौडेल एक्लै चुनावी मैदानमा होमिएका छन् भने बराल लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेद्वार हुन् ।

सिट बाँडफाँटमा कास्कीमा कांग्रेस, एकीकृत समाजपादी र माओवादीले एक÷एक सिट पाएको थियो । सोहीअनुसार माओवादीले बराललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो । बराल गण्डकी प्रदेश सरकारको अर्थ मन्त्री छन् । उनी प्रतिनिधिसभामा पहिलोपटक जाने प्रतिष्पर्धामा छन् भने पौडेल पनि पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन् ।

सो क्षेत्रमा यसअघि एमालेका जगतबहादुर विश्वकर्मा विजयी भएका थिए। विसं २०७४ मा उनले माओवादीको साथ पाएर चुनाव जितेका थिए । उनले कांग्रेसका शुक्रराज शर्मालाई पराजित गरेका थिए । त्यसबेला विश्वकर्माले ३२ हजार छ सय ९० मत ल्याएर जित्दा शर्माले २४ हजार तीस सय चार मत ल्याएका थिए । करिब आठ हजार तीस सय मतान्तर रहेको आँकडालाई विश्लेषण गर्दै एमालेले यो पटक पनि चुनाव जित्ने दाउमा छ ।

आसन्न निर्वाचनमा एमाले विगतको विरासत जोगाउने कसरत गर्नेछ तर अघिल्लो चुनावको साझेदारी अहिले कायम छैन । अहिलेको निर्वाचनमा भने समीकरण बदलिएको छ ।

नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी भए भने एमालेबाट छुट्टिएर माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी बनेको छ । अहिलेको निर्वाचनमा कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ ।

यस निर्वाचन क्षेत्रमा अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकासहित पोखरा महानगरपालिकाका १, २, ३, ५, ६, १८, १९, २३, २४, २५ र २६ गरी ११ वडा पर्दछन् । यीमध्ये वैशाखमा भएको स्थानीय तह निर्वाचनमा अन्नपूर्णमा एमाले र माछापुच्छ्रेमा कांग्रेसले जितेको छ । महानगरको ११ वडामध्ये तीन वडा एमालेले सात वडा कांग्रेस र एउटा वडा स्वतन्त्रले वडाध्यक्ष पदमा जितेका थिए ।

स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारको दलगत मतले एमाले ठूलो दल देखिन्छ भने सत्ता गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र समेतको मत जोड्दा गठबन्धन केही मतले अघि देखिन्छ । स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले कूल २९ हजार आठ सय पाँच मत प्राप्त गर्दा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २८ हजार आठ सय ४६ मत प्राप्त गरेका थिए ।

यसबाहेक माओवादी केन्द्रका वडाध्यक्षले दुई हजार चार सय र एकीकृत समाजवादीका वडाध्यक्षले पाँच सय एक मत पाएका थिए । कूल एक लाख एक हजार सात सय १५ मतदाता रहेको यस क्षेत्रमा प्रदेशसभा (क) मा ५२ हजार आठ सय ६२ र प्रदेशसभा (ख) मा ४८ हजार आठ सय ५३ मतदाता छन् ।

यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १५ उम्मेदवार प्रतिस्पर्धामा रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार यस क्षेत्रको प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (क) मा सात जना र (ख) मा छ जना चुनावी प्रतिस्पर्धामा छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार