असार ३०, २०८२ सोमबार July 14, 2025

राप्रपाको घोषणापत्र : राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेश खारेज (पूर्णपाठ) 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राप्रपाले आसन्न निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा सोमबार राप्रपाले सार्वजनिक गरेको घोषणापत्रमा राष्ट्रपतीय प्रणाली हटाएर अभिभावीयक भूमिकामा राजसंस्था रहनुपर्ने उल्लेख गरेको छ ।

साथै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको शासकीय व्यवस्थालाई आत्मसाथ गरेको घोषणपत्रमा प्रदेश संरचना खारेज गर्ने उल्लेख गरिएको छ ।तर, प्रदेश खारेज गरे पनि केन्द्र र स्थानीय तहलाई भने बलियो र अधिकार सम्पन्न बनाउनुपर्ने प्रस्ताव गरिएको छ ।

हिन्दु राष्ट्र कायम गर्नुपर्ने र पूर्ण समानुपातिक संसद बनाउनुपर्ने प्रस्ताव गरेको राप्रपाले उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने आफ्नो घोषणापत्रमा समेटेको छ ।

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस र राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने र उक्त दिन सार्वजनिक बिदाको व्यवस्था गर्नुपर्ने पनि राप्रपाले घोषणापत्रमा उल्लेख गरेको छ ।

एउटै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने कानुन बनाउनुपर्ने विषयलाई पनि राप्रपाले घोषणापत्रमा लेखेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार