असार ३१, २०८२ मंगलबार July 15, 2025

एक्लै चुनाव लडेरभन्दा गठबन्धनबाट लड्दा धेरै सिट जितिन्छ : डा. प्रकाशशरण महत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले पाँच दलीय गठबन्धन राजनीतिक आवश्यकता भएको बताएका छन् ।

खेलकुद क्षेत्र समन्वय प्रचारप्रसार उपसमिति गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा डा महतले कांग्रेस एक्लै चुनाव लडेरभन्दा गठबन्धनबाट लड्दा धेरै सिट जित्न सकिने भएकै कारण निर्वाचनमा पाँच दलीय गठबन्धनलाई रोजेर अगाडि बढेको बताए । “कांग्रेस ठूलो पार्टी हो, अन्य दलका भन्दा धेरै मतदाता र नेता छन् ।

तर प्रत्यक्ष निर्वाचनमा थोरै मतले हारजित हुने गर्छ, एक सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवार दिएर थोरै सिट जित्नुभन्दा ९१ ठाउँमा उम्मेदवार दिएर धेरै सिट जित्ने सिद्धान्तअनुसार नै कांग्रेस अगाडि बढेको हो”, उनले भने, “सीमित नेताले मात्र टिकट पाएका छन्, चित्त सानो नगरी कांग्रेस तथा पाँच दलीय गठबन्धनअन्तर्गत निर्वाचनमा उम्मेदवार बनेका अन्य पार्टीका उम्मेदवारलाई जिताउन हरेक कांग्रेस कार्यकर्ता सक्रिय भएर लागौँ ।

निर्वाचनमा एक भोटले पनि ठूलो महत्व राख्ने उल्लेख गर्दै डा महतले जनतामाझ प्रचारप्रसार गर्न नसक्दा कांग्रेस पछि परेको बताए । संविधानको रक्षा र राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धन अगाडि बढेको उहाँको भनाइ थियो । प्राप्त उपलब्धिको रक्षा गर्दै यही संविधानलाई टेकेर समयको मागअनुसार संविधान संशोधन गर्ने कांग्रेसको बाटो रहेको डा महतले बताए ।

कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले कांग्रेसले मात्र लोकतन्त्रको रक्षा गर्न सक्ने उल्लेख गर्दै पार्टीमा युवा वर्ग र महिलालाई समेटेर अगाडि बढ्नुपर्ने बताइन् । कांग्रेसले आफूले गरेका कामलाई प्रचारप्रसार गर्न नसक्दा पछि परेको उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझीले प्रशस्त मात्रामा सम्भावना भएको देशमा शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी गर्न सक्यौँ भने देश समृद्धितर्फ अगाडि बढ्न समय नलाग्ने बताए । “राजनीतिक बेथितिले हामीलाई कमजोर बनाएको छ, राजनीतिक व्यवस्थापन मिलाउन सक्यौँ भने समाज छिट्टै रुपान्तरण हुन्छ । अहिले पनि दूरदराजका नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सकेका छैनौँ । कांग्रेसले अब तिनै गरिब जनताको जीवनस्तर उठाउन आफ्ना योजना अघि सार्ने छ”, उनले भने ।

कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पाँच दलीय गठबन्धनको साझा लक्ष्य समृद्ध नेपाल निर्माणका लागि रहेको बताए । सो अवसरमा शुभराम बस्नेत, कर्मछिरिङ शेर्पा, वसन्त थकाली, रत्न श्रेष्ठलगायतले आफ्नो भनाइ राखेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी राजमार्ग राजमार्गका तीन ठाउँमा पहिरो, सडक अवरुद्ध
२०८२ असार ३१, मंगलबार
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार