असार ३१, २०८२ मंगलबार July 15, 2025

संविधानको रक्षा गर्ने माओवादीको जिम्मेवारी : अध्यक्ष दाहाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी रहेको बताउनुभएको छ ।

गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा उहाँले संविधान निर्माण गर्न माओवादीको ठूलो योगदान रहेकाले यसको रक्षा पनि माओवादीले नै गर्नुपर्ने बताउनुभयो ।

मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि संरचनागत सुधार गर्न आवश्यक रहेको जनाउँदै उहाँले संविधानको रक्षासँगै परिमार्जन गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको बताउनुभयो ।

“यी दुवै काम गर्न निकै संवेदनशील भएर लाग्नुपर्नेछ”, अध्यक्ष दाहालले भन्नुभयो, “मुलुकलाई समृद्ध बनाउनका लागि प्रतिबद्धता पत्रमा संविधान संशोधन र संरचनागत सुधारको आवश्यकता महसुस गरिएको छ, आर्थिक समृद्धि र आर्थिक क्रान्ति गर्न क्रमभङ्ग गर्नुपर्ने अवस्था छ ।”

मुलुकको आर्थिक समृद्धिका लागि क्रान्तिको आवश्यकता रहेको जनाउँदै उहाँले अब शान्तिपूर्ण आर्थिक क्रान्ति सम्पन्न गरिने दाबी गर्नुभयो ।

“हामीले महाधिवशेनबाट नै नेपाली समाजवादको बाटो तय गरेका छौँ”, उहाँले भन्नुभयो, “नयाँ आर्थिक क्रान्तिमार्फत मुलुकलाई समृद्ध बनाउन सक्ने माओवादी मात्रै हो ।”

निर्वाचन जित्ने र नजित्ने भन्दा पनि नयाँ पहलकदमीमार्फत देशलाई समाजवादमा लैजाने ढङ्गबाट अगाडि बढिएको उहाँको भनाइ थियो ।

मुलुकको एकीकरण र जनक्रान्तिको थालनी गोरखाबाटै भएको उल्लेख गर्दै उहाँले अब आर्थिक समृद्धिको सुरुआत पनि गोरखाबाटै हुने दाबी गर्नुभयो ।

“म गोरखाबाट निर्वाचन लड्ने भनेको कुरा राष्ट्रिय एकता र आर्थिक क्रान्तिको सन्देश हो”, अध्यक्ष दाहालले भन्नुभयो, “यो पार्टी पुनःनिर्माणको अभियान पनि हो ।”

आर्थिक विकास र पूर्वाधारका दृष्टिले गोरखा जिल्ला उपयुक्त रहेको आफूले पाएको जनाउँदै उहाँले बूढीगण्डकी परियोजना तथा उत्तरदक्षिण सडक सञ्जालको विकास गरेर गोरखाको उन्नतिमा गुणात्मक फड्को मार्न सक्ने बताउनुभयो ।

“गोरखाली जनताको प्रमुख माग सडक निर्माण र स्तरोन्नति रहेको मैले पाएँ, गोरखकाली रबर उद्योग सञ्चालन गरेर ठूलो सङ्ख्यामा रोजगारी उपलब्ध गराउने सम्भावना छ”, उहाँले भन्नुभयो, “उपल्लो क्षेत्रमा जडीबुटी तथा ठूला फाँट एवम् टारमा कृषि क्रान्तिको ठूलो सम्भावना छ ।”

आगामी निर्वाचनमा दुई विचार, प्रवृत्ति, संस्कृति र गठबन्धन आमनेसामने भएको उल्लेख गर्दै उहाँले प्रतिगमनकारी गठबन्धनलाई निर्वाचनमार्फत पराजित गर्नुपर्ने बताउनुभयो ।

 “संविधान र लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “अर्को राजावादीसहित प्रतिगमन गर्न चाहनेको गठबन्धन बनेको छ ।

यी दुई गठबन्धन आमनेसामने छन् । मङ्सिर ४ गते जनताले फैसला गर्नेछन् ।” मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्न माओवादीले आफ्नो प्रतिबद्धता पत्रमार्फत संरचनागत सुधारको विषय उठाएको जनाउँदै उहाँले शासकीयस्वरुप र निर्वाचन प्रणाली परिवर्तन तथा २०४७ पछि लाभको पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने विषय माओवादीले मात्रै उठाएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी राजमार्ग राजमार्गका तीन ठाउँमा पहिरो, सडक अवरुद्ध
२०८२ असार ३१, मंगलबार
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार