असार ३१, २०८२ मंगलबार July 15, 2025

लोकतान्त्रिक वाम गठबन्धनको चुनावी अभियान : छम्पी र डुकछापका जनताले गरे नेताको स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश र प्रतिनिधि सभाका लागि निर्वाचन मिति नजिकिँदै गर्दा ललितपुर क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनले आजदेखि चुनावी माहौललाई तीव्रता दिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै ललितपुर क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनले घर दैलो अभियानलाई तीव्रता दिएको हो ।

निर्वाचन आयोगको तालिका अनुसार कार्तिक १७ गतेबाट मात्र चुनाव प्रचार प्रसार गर्न पाउने व्यवस्था छ । सोही अनुसार लोकतान्त्रिक वाम गठबन्धनले क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) बाट चुनावी घर दैलो चुनावी अभियान सुरु गरेका हुन् ।

लोकतान्त्रिक वाम गठबन्धनका क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणा र प्रदेश सभा (ख) मा राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष युवा नेता मीनकृष्ण महर्जनले गोदावरी नगरपालिका वडा नम्बर ९ छम्पीका स्थानीय ६३ वर्षीय बृद्ध आमा धनमाया थापा मगरको हातबाट टीका ग्रहण गरेर अभियान सुरु गरे ।

सो क्रममा बृद्ध आमा धनमायाले आशिर्वाद दिँदै ‘यो क्षेत्रमा एमालेले जितेर केही काम नगरेको बताउँदै यो चुनावमा विजयी भएर आउन शुभकामनासमेत दिइन् । उनले राणा र महर्जन ललितपुरको लागि आशालाग्दो नेता भएको बताइन् ।  अभियानको सुरुवाती सभालाई सम्बोधन गर्दै प्रदेश सभा (ख) का उम्मेदवार मीनकृष्ण महर्जनले यो क्षेत्रको परिवर्तन अहिलेको लोकतान्त्रिक वाम गठबन्धनले मात्र सामाजिक, आर्थिक र विकासको परिवर्तन गर्ने भएकाले यस पटक आफूलगायत गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिन् ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार उदय शमशेर राणाले यस क्षेत्रमा पूर्वाधार विकासको सँगसँगै जनतालाई शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभूत आवश्यकताहरु पूरा गर्न आफू कटिबद्ध रहने बताए । उनले आफू जितेर गएपछि यस क्षेत्रलाई भ्रष्टाचार मुक्त क्षेत्र वनाउनेसमेत प्रतिवद्घता जनाए ।

नेता राणाले विगतमा जितेकाहरूले यस क्षेत्रमा विकासको मुल थुनेको र आफू पराजित हुँदा पनि जनतासँग सुख दुःखमा संगै रहेको बताउँदै आफू जितेपछि विगतको दिनमा यस क्षेत्रका जनतासँग गरेको प्रतिवद्घता पूरा गरेर छाड्ने बताए ।

चुनावी घरदैलो कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी लगायत अन्य गठबन्धन दलका नेता कार्यकर्ता हौसिएर प्रचार प्रसार गर्न लागेका छन् ।

ललितपुरका दुर्गम गाउँमा भेटघाटका कार्यक्रम सम्पन्न गरेर लोकतान्त्रिक वाम गठबन्धनले आजबाट काँठ क्षेत्रमा तालिका बनाएर चुनाव प्रचार प्रसार सुरु गरेको छ।  सोही क्रममा आज गोदावरी नगरपालिका वडा नम्बर ८ डुकुछापमा पनि घरदैलो अभियान सुरु गरिएको छ ।

लोकतान्त्रिक वाम गठबन्धनले एमाले लगायतका गठबन्धन दलको चुनावी अभियानको शैली र प्रस्तुती हेरेर सोही अनुसार आफ्नो प्रचार प्रसार अभियानलाई आक्रामक बनाउने रणनीति बनाएको लोकतान्त्रिक वाम गठबन्धन चुनाव प्रचार प्रसार समितिका संयोजक एवं नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ का सभापति सुन्दर मान थिङले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
२०८२ असार ३१, मंगलबार