असार २९, २०८२ आइतबार July 13, 2025

सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस हेर्दाहेर्दैमा – शुक्रबार पनि जारी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ । बुधबारबाट जारी थुनछेक बहस बिहीबार पनि नसकिएपछि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

उनको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लभ मैनालीले बहस गरेका थिए। सन्दीपका कानून व्यवसायीले पीडित किशोरी नाबालिग नभएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपविरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकिर गरेका छन् ।

शुक्रबारको बहसपछि सञ्चारकर्मीसँग बोल्दै सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बालिका नाबालिग नभएको प्रमाण पेस गरेको बताइन्।

“सन्दीप लामिछानेको पक्षमा हामीले दरो प्रमाण पेस गरेका छौँ,” उनले भनिन्, “उन (पीडित किशोरी)को अस्पतालको कागज र उनको संशोधित जन्मदर्ता, बसाइसराइको कागजबाट उनी नाबालिग होइनन् भन्ने पुष्टि हुन्छ।”

अधिवक्ता रिजालले शुक्रबार पनि थुनछेक बहस हुने र सरकारी वकिल र सन्दीप पक्षधर वकिलले बहस गर्ने बताइन् । सन्दीपविरुद्धको अभियोग जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ भइरहेको छ। बुधबारदेखि नै थुनछेक बहस शुरु भए पनि सन्दीपको पक्षका कानून व्यवसायी धेरै भएकाले बहस लम्बिएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार