असार २९, २०८२ आइतबार July 13, 2025

दक्षिण अफ्रिकाको अवैध खानीमा २१ कामदार मृत फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जोहानेसबर्गको क्रुगर्सडर्प रहेका खानीहरूमा २१ जना कामदारहरू मृत फेला परेको प्रहरीले बिहीबार जनाएको छ ।

बुधबार १९ जनाको मृत्यु भएको समाचार सार्वजनिक भएकामा प्रहरीको खोजी र उद्धार टोलीले थप दुई शव फेला पारेपछि मृत्यु हुनेको सङ्ख्या आज २१ पुगेको छ ।

हिजो अन्य शव फेला परेको ठाउँबाट बिहीबार बिहान खुल्ला खानीबाट दुई जनालाई निकालिएको छ, प्रहरी प्रवक्ता ब्रेन्डा मुरिडिलीले बताएका छन् ।

क्रुगर्सडर्पका विभिन्न खानीमा १९ जनाको शव फेला परेको जानकारी प्रहरीले बुधबार जानकारी दिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस/सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया