असार ३०, २०८२ सोमबार July 14, 2025

चुनाबी कार्यक्रममा प्रत्यक्ष सहभागी हुने शिक्षकसँग स्पष्टीकरण माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निर्वाचन आयोगले चुनावी कार्यक्रममा प्रत्यक्ष सहभागी हुने शिक्षकहरुलाई स्पष्टीकरण माग गरेको छ। आयोगले निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि केही शिक्षकलाई स्पष्टिकरण माग गरेको हो ।

निर्वाचन आयोगले पर्बत जिल्ला फलेवास गाउपालिका, ४ मा रहेको पञ्चकोशी माध्यमिक बिद्यालयका प्रधानाध्यापक छबिलाललाई स्पस्टिकरण सोधेको छ। उनले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयले २४ घण्टे स्पष्टीकरण मागेको हो ।

त्यसैगरी पर्वतकै कुश्मा नगरपालिका नारायणी मावीका शिक्षक सुभन्तराज सुवेदीलाइ राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण सोधेको छ । आफ्नो पदीय दायित्व समेत ख्याल नगरी लगातार निर्वाचन सम्बन्धी दलका बैठक, कार्यक्रम र भेला लगायतमा सहभागी भएको भन्ने समेत व्यहोराको आयोगमा उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो ।

निर्वाचम आयोग गुल्मिले महेन्द्र आदर्श नमुना माध्यमिक बिद्यालय मुसिकोटका प्रधानाध्यापक अनन्तलाल भट्टराईलाई स्पष्टीकरण सोधेको छ। उनी एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेको तथा निर्वाचन घोषणा भएपश्चात चुनावी कार्यक्रम तथा बैठकमा सहभागी हुँदै आएकोले भण्डारीलाई तत्काल कारबाही गरियोस भन्ने समेत व्यहोराको उजुरी आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको जनाइएको छ।

त्यस्तै निर्वाचन आयोगले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सरस्वती माध्यमिक विद्यालयका शिक्षक कृष्ण तिवारीलाई राजनीतिक सम्लग्नताका विषयमा स्पष्टीकरण सोधेको छ ।

शिक्षक तिवारीलाई नेपाली काँग्रेसको नवलपुर क्षेत्र नं. २(२) मा प्रदेश सभा कार्यसमिति सभापति पदमा बहाल रहेको र हाल नेपाली काँग्रेसको विभिन्न चुनावी सभा तथा कार्यक्रममा दलको प्रतिनिधिको रूपमा सहभागी भइरहेकोले आचारसंहिता अनुसारको कारवाहीका लागि आयोगमा उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो ।

यसअघि निर्वाचन आयोगले सरकारी कर्मचारी र शिक्षक प्रचारप्रसारमा सम्लग्न भए कारबाही गर्ने भन्दै गत असोज २५ गते सार्वजनिक रुपमा विज्ञप्ति जारी गरेको थियो। निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम आचारसंहिताको अनुगमन र कारबाहीको प्रबन्ध रहेको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि जारी गरिएको आचारसंहिताको अनुगमनका लागि आयोगमा रहेको अनुगमन समितिको अनुगमनका क्रममा पालन गर्नुपर्ने आचरणको उलङ्घनका घटना भेटिएमा  शिक्षक कर्मचारीलाई स्पष्टीकरणको मौका दिइ दोषी देखिएमा सचेत, विभागीय कारबाही वा निलम्बन सम्मको कारबाहीका लागि सम्बन्धित निकायलाई आदेश दिनसक्ने उक्त दफामा  व्यवस्था छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।

उक्त दफाको (क) मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ । खबरएजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार