असार २९, २०८२ आइतबार July 13, 2025

इथियोपिया युद्धविरामको दक्षिण अफ्रिकाद्वारा स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  इथियोपियामा भएको युद्धविरामको दक्षिण अफ्रिकाले स्वागत गरेको छ। इथियोपियाको सरकार र उत्तरी इथियोपियामा हिंसात्मक द्वन्द्व गरिरहेको विद्रोही समूह टिगरे पिपुल्स लिबरेसन फ्रन्टबीच बुधबार युद्धविराम भएको थियो।

सो युद्धविरामको संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले पनि बिहीबार स्वागत गरेका थिए। उनले यहाँ भएको युद्धविरामको समयलाई लम्ब्याउन र यसैमार्फत इथियोपियामा शान्ति स्थापनाका लागि सबैको सहयोगका लागि आग्रह गरेका थिए।

दक्षिण अफ्रिकाको प्रिटोरियामा इथियोपियाको सरकारका प्रतिनिधि र यहाँको टिगरे क्षेत्रमा हिंसा जारी राखेको टिगरे पिपुल्स लिबरेसन्स फ्रन्ट समूहबीच शान्तिवार्ता भएको थियो। यसैक्रममा दुवै पक्ष स्थानीय समयअनुसार बुधबार हालका लागि युद्धविराम गरी वार्ता प्रक्रिया अघि बढाउन सहमत भएका थिए।

दक्षिण अफ्रिकी सरकारको समन्वयमा सो वार्ता सुरु भएको र त्यसपछि बुधबार यी दुवै पक्ष तत्कालै युद्धविराम गर्न सहमत भएका थिए। सो युद्धविरामको राष्ट्रसंघ र विश्व समुदायले नै स्वागत गरेको छ।

दक्षिण अफ्रिकाको सरकारले प्रकाशन गरेको विज्ञप्तिमा टिगरे क्षेत्रमा जारी रहेको हिंसाका कारण यहाँको जनजीवन प्रभावित भएको भन्दै यसबाट नागरिकको शान्तिपूर्ण र स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारको सम्मान गर्न तथा देशमा शान्ति स्थापना गर्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।

बुधबार इथियोपियाली सरकार र उत्तरी इथियोपियाली टिगरेका विद्रोहीका तर्फबाट जारी गरिएको युद्धविरामको अवधिलाई थप लम्ब्याएर यसैबाट शान्ति स्थापनाको बाटो पहिल्याउन पनि सो विज्ञप्तिमा आग्रह गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार
‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल
२०८२ असार २८, शनिबार
देशमा केही भएन भन्ने भाष्य गलत – यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह : उपप्रधानमन्त्री सिंह
२०८२ असार २८, शनिबार