असार २९, २०८२ आइतबार July 13, 2025

‘म ६७ वर्ष लागेकालाई ‘बूढो भन्ने …..७० वर्ष काटिसकेका ओलीजी कसरी तन्नेरी ? – भीम रावल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एमाले नेता भीम रावलले कञ्चनपुरको चुनावी सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलक्षित उत्तेजित भाषण गरेको जनाएका छन् । कञ्चनपुरको चुनावी सभामा डडेलधुरामा नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई एमालेले समर्थन गर्ने घोषणा गर्दैगर्दा दर्शकदीर्घाबाट ‘भीम रावल, भीम रावल’ नारा लागेपछि अध्यक्ष ओली आक्रोशित बनेका थिए ।

अध्यक्ष ओलीले जवाफ दिँदै भने, ‘भीम रावलको तपाईलाई किन चिन्ता, ४८ सालदेखि एक छिन मुख खाली छैन, बूढो भइसक्नु भयो, बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनु पर्दैन, एउटै भीम रावल, भीम रावल, केको खेती गरिराख्या भीम रावल, के भीम रावल, थुप्रै रावलहरु हुनुहुन्छ नि त सुदूरपश्चिममा थुप्रो रावलहरुलाई अगाडि बढाइन्छ ।’

रावलले प्रतिक्रिया दिँदै णदीको उक्त अभिव्यक्तिले उनीभित्र बलिरहेको क्रोध, बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदांगो भएको जनाएका छन्। रावलले ४८ सालदेखि निरन्तर सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री भएका ओलीलाई पुन: किन उठेको भनेर प्रश्न गरेका छन् । रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ मलाई ४८ सालमा तत्कालिन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भए पनि हाम्रा मतहरु सुरक्षित गर्न अछाममा गएर लड्नु होस् भन्दा म तयार भएँ तर सांसद ५१ सालदेखि मात्र भएँ । ओलीजी ४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ, कहिल्यै “मुख खाली छैन” र फेरि पनि “खान” का लागि किन मुख बाउनु भएको त?’

त्यस्तै आफूलाई बूढो नेता भन्ने ओलीले बढी उमेरका व्यक्तिलाई किन टिकट दिएको भनेर समेत रावलले प्रश्न गरेका छन्, ‘म ६७ वर्ष लागेकालाई ‘बूढो भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो ? म भन्दा उमेर बढी भएका अरुलाई उम्मेदवारका लागि किन सहमति दिनु भयो ?’

मापदण्ड बनाएर अरुलाई पालो दिन टिकट दिइएको भए आफूलाई कुनै आपत्ति नहुने पनि उनको भनाइ छ । उनले अगाडि भनेका छन्, ‘हो, अरुलाई पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नु पर्छ । तर अरुलाई पालो दिनु पर्ने भए ओलीजी र सचिवालय तथा स्थायी कमिटीका अनेकौं पदमा रहेका र अनेकौं पटक सांसद र मन्त्री भएका व्यक्तिका हकमा अरुलाई पालो दिनुपर्ने भन्ने किन लागू नहुने त ?’

पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्तिबाट मञ्चमा भाषण गर्दैगर्दा प्रदर्शन गरिएको उत्तेजनाले अछामी जनताको तर्फबाट भएको निर्णय उल्ट्याउनुको रहस्यको एउटा पर्दा उघ्रिएको पनि रावलको भनाइ छ ।

पूर्वउपाध्यक्षसमेत रहेका रावललाई अछाम १ बाट सर्वसम्मत रुपमा सिफारिस भए पनि एमालेले टिकट नदिएको हो । निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बनाउनका लागि प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटी र अछाम जिल्ला कमिटीले रावलको नाम एकल सिफारिस गरेर पठाएको थियो । रावलको स्थानमा एमालेले झपट बोहोरालाई टिकट दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार