असार २९, २०८२ आइतबार July 13, 2025

इमरान खानको प्रेस सम्मेलनको प्रसारण प्रतिबन्ध हट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तान सरकारले पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी एण्ड अथारिटी (पीइएमआरए)लाई पीटीआई अध्यक्ष इमरान खानको प्रेस सम्मेलनको प्रसारण वा पुनः प्रसारणमा च्यानलहरूमाथि लगाइएको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।

सूचना मन्त्री मरियम औरंगजेबको कथनलाई उद्धृत गर्दै डनका अनुसार प्रधानमन्त्री सहबाज सरिफले संविधानको धारा १९ (वाक स्वतन्त्रता) अन्तर्गत कानुनी आवश्यकताहरूको निरन्तर कार्यान्वयन सुनिश्चित गर्न मिडिया वाचडगलाई आदेश दिएका छन्।

विज्ञप्तिमा भनिएको छ कि प्रतिबन्ध हटाउने निर्देशन पीइएमआरए अध्यादेश सन् २००२ को धारण ५ अन्तर्गत दिइएको थियो । “प्रधानमन्त्रीले इमरान खानको पालाको तीतो परम्पराको अन्त्य गरेर नयाँ परम्परा स्थापित गरेका छन्, सूचना मन्त्री औरंगजेबले भने । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार
आजको मौसम : कर्णालीबाहेक अन्य प्रदेशमा भारी बर्षा हुने
२०८२ असार २९, आइतबार
झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो
२०८२ असार २९, आइतबार
आज आइतबार, सुर्य भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ असार २९, आइतबार
दुई वटा संसदीय समितिको बैठक बस्दै
२०८२ असार २९, आइतबार
आजको मुद्रा : डलर १३७.५९ रुपैयाँ, युरो १६०.८२ रुपैयाँ, पाउण्ड १८६.०१ रुपैयाँमा कारोबार
२०८२ असार २९, आइतबार