असार २९, २०८२ आइतबार July 13, 2025

तान्जानियामा अवतरणको क्रममा विमान दुर्घटनाग्रस्त‚ १९ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः तान्जानियाको बुकोबा विमानस्थलमा अवतरण गराउने क्रममा एक यात्रुवाहक विमान लेक भिक्टोरियामा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ भने २६ जनालाई अस्पताल भर्ना गरिएको छ ।

प्रेसिजन एयरको उक्त विमानमा कूल ४३ जना सवार थिए । विमानका दुई पाइलट भने दुर्घटनापश्चात पनि सकुशल रहे पनि पछि मृत्यु भएको हुन सक्ने तान्जानियाका प्रधानमन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उद्धारकर्ता र स्थानीयहरू दुर्घटनामा परेका मानिसहरूको उद्धार कार्यमा खटिएका छन् । विमानस्थलमा अवतरणका लागि झर्दै गर्दा विमान पानीमा डुबेको देखेको विमानस्थलमा रहेका प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनाको कारण खराब मौसम भएको बताइएको छ । उक्त ताल बुकोबा विमानस्थलबाट धेरै नजिक रहेको अफ्रिकाको सबैभन्दा ठूलो तालसमेत हो । राष्ट्रपति सामिया सुलुहु हसनले उक्त घटनाप्रति शोक व्यक्त गरेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार
आजको मौसम : कर्णालीबाहेक अन्य प्रदेशमा भारी बर्षा हुने
२०८२ असार २९, आइतबार
झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो
२०८२ असार २९, आइतबार
आज आइतबार, सुर्य भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ असार २९, आइतबार
दुई वटा संसदीय समितिको बैठक बस्दै
२०८२ असार २९, आइतबार
आजको मुद्रा : डलर १३७.५९ रुपैयाँ, युरो १६०.८२ रुपैयाँ, पाउण्ड १८६.०१ रुपैयाँमा कारोबार
२०८२ असार २९, आइतबार