असार ३१, २०८२ मंगलबार July 15, 2025

चुनावकाे मुखमा दलबदल – कांग्रेसका वडा सभापतिसहित ६३ जना एमाले प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खोटाङमा नेपाली कांग्रेसका वडा सभापतिसहित ६३ जना एमाले प्रवेश गरेका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासेका वडा सभापति एवं नेपाल विद्यार्थी संघका जिल्ला सचिव राजदेश राईको नेतृत्वमा ६३ जना एमाले प्रवेश गरेका हुन् ।

आइतबार बतासेमा भएको एमालेको चुनावीसभामा वडाध्यक्ष राई, पूर्वकार्यवाहक सभापति तीलककुमार राई, वडा सचिव प्रेम राई, सहसचिव नारायण राई र सुरेन्द्र भुजेल, अग्रज नेता महेश्वर राई, वडा कार्यसमिती सदस्य सुनिल राई, म्यानबहादुर भुजेल, ओम राई, राजकुमार राई, रिजित राई, किरण राईलगायतको टोली एमाले प्रवेश गरेका हुन् ।

पार्टी परित्यागको घोषणा गरेको कही समयपछि कांग्रेस नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण उनीहरूले पार्टी परित्याग गरेका हुन् ।

कांग्रेस नेता तथा कार्यकर्तासँगै जसपा खोटाङका जिल्ला सदस्य किशोरचन्द्र राई र जसपाका नेता साजन राई पनि एमाले प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई नेकपा (एमाले) केन्द्रीय सदस्य एवं खोटाङ जिल्ला सह-इन्चार्ज उषाकला राई, एमाले खोटाङका अध्यक्ष एवं प्रदेशसभा (ख)का उम्मेदवार रामप्रसाद दंगाल, उपसचिव दीपनारायण रिजाललगायतले खादा र माला ओढाएर स्वागत गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया