काठमाडौं : नेपाल विद्यालय कर्मचारी परीषद् राष्ट्रिय समितिले निर्वाचन आयोगको आचारसंहिता विपरीत कनै पनि कार्य नगर्न सम्पूर्ण सदस्यहरुलाई निर्देशन दिएको छ । भनी केही विद्यालयका कर्मचारीहरुलाई स्पष्टीकरण माग भएकोले निर्वाचन आयोगको आचारसंहिता विपरीत कार्य नगर्न निर्देशन दिएको हो ।
परीषद्ले आज सूचना जारी गर्दै निर्वाचन आयोगको आचारसंहिता विपरीत कनै पनि कार्य नगर्न र नगराउन सबै प्रदेश कार्य समिति, जिल्ला कार्य समिति, पालिका कार्यसमिति र सम्पुर्ण परीषद्का सदस्यहरुलाई निर्देशन दिएको छ ।
पत्रमा भनिएको छ “वर्तमान परिवेशमा निर्वाचन आयोग, नेपालको आचारसंहिता विपरीत कार्य गरेको भनी कतिपय विद्यालय कर्मचारीहरुलाई स्पष्टीकरण माग भएको जानकारी प्राप्त भएको हुँदा उक्त कार्य नगर्ने र गर्न नदिनु हुन प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, पालिका कार्यसमिति तथा नेपाल कर्मचारी परीषद्का सदस्यहरुलाई निर्वाचान आयोगबाट जारी भएको आचारसंहिताको पूर्ण रुपमा पालना तथा कार्यान्वयन गर्नुहुन पत्र मार्फत जानकारी गराइन्छ ।” खबरएजुकेशन
प्रतिक्रिया