काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओली गठबन्धनले संविधान भत्काउने खतरा बढेको बताएका छन्। उनले एमाले नेतृत्वको गठबन्धन देशलाई द्वन्द्वतर्फ धकेल्ने गठबन्धन भएको आरोप लगाएका हुन्।
मंगलबार जेष्ठ नागरिक नागरिक समाज, काठमाडौं शाखा र धर्महिरा प्रतिष्ठानले आयोजना गरेको संविधानको प्रवर्द्धनमा निर्वाचनको भूमिका विषयक कार्यक्रममा भट्टराईले ओलीले नेतृत्व गरेको गठबन्धन संविधानलाई भत्काउने, नेपालमा जातीय एकता खल्वलाउने, नेपालको जटिल भूराजनीति भत्काएर देशलाई द्वन्द्वतर्फ ढकेल्ने गठबन्धन भएको आरोप लगाए।
उनले एमालेको गठबन्धन पश्चगामी र आफूहरूको गठबन्धन अग्रगामी गठबन्धन भएको तर्क गरे। अहिलेको निर्वाचन सामान्य निर्वाचन मात्रै नभएको भन्दै यो एक प्रकारको संविधान भत्काउने वा जोगाउने भन्ने जनमत संग्रह भएको उनले बताए।
भट्टराईले राजावादी कम्युनिष्ट अगाडि आएको बेला यसअघि पनि लोकतन्त्र खतरामा परेको तर्क गरे। त्यस्तै भट्टराईले अहिले लोकतन्त्रवादी र अग्रगामी शक्तिहरू रोज्ने की निरंकुशवादीहरूलाई रोज्ने भन्न अहिलेको मुख्य विषय भएको बताए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया