असार ३०, २०८२ सोमबार July 14, 2025

चुनावका कारण कक्षा १२ को पुरक परीक्षाको नतिजा मंसिर दोस्रो हप्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा मंसिर दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने भएको छ । कार्यलयले गत असोज ३० र ३१ गते सञ्चालन गरेको थियो ।

नतिजा सार्वजनिक गर्न मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनले केही ढिलाई हुने भएको कक्षा १२ परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले बताए ।

उनले भने ‘चुनाव नभएको भए हामी कात्तिक भित्र नतिजा सार्वजनिक गर्न सक्थ्यौं । चुनावले गर्दा मंसिर दोस्रो हप्तासम्म हुन्छ ।’ कर्मचारी तथा शिक्षकहरु चुनावमा व्यस्त भएकोले काम सुस्त भईरहेको उनले जानकारी दिए ।

भदौ १७ गते प्रकाशित भएको नतिजा अनुसार १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका मध्ये ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८७८ जनाले परीक्षा दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार