काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पबाट मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । त्यस्तै भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै घाइतेहरुलाई तत्काल उपचार तथा उद्धार र राहत उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
मंगलबार मध्यराति सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको ६.६ म्याग्नेच्युटको भूकम्प गएको थियो । भूकम्पमा परि डोटीमा ६ जनाको मृत्यु भएको छ । त्यस्तै दर्जनौँ गम्भीर घाइते भएका छन् ।
प्रतिक्रिया