असार ३१, २०८२ मंगलबार July 15, 2025

गठवन्धनकै नेतृत्वमा सरकार बन्छ : किशोरसिंह राठौर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले देशैभर गठवन्धनको लहर रहेकाले निर्वाचनपछि गठवन्धनकै नेतृत्वमा सरकार बन्ने बताउनु भएको छ ।

बाँके क्षेत्र नम्बर ३ अन्तर्गत् खजुरा क्षेत्रमा मङ्गलवारआयोजित कार्यक्रममा बाँकेको क्षेत्र नम्बर ३ का गठवन्धनका उम्मेदवारसमेत रहनु भएका काँग्रेस सहमहामन्त्री राठौरले गठवन्धनलको सरकारले सहमहामन्त्री राठौरले घोषणापत्र अनुसार मुलुकलाई सुशासनसहितको समुन्नतिको बाटोमा अघि बढाउने उल्लेख गर्नुभयो ।

उहाँले ७ दशक लगाएर नेपाली जनताले बनाएको संविधान र जनअधिकार कुष्ठित गर्ने प्रयास गरेकाले जनताले एमालेका पक्षमा मतदान नगर्ने दावी गर्नुभयो ।उहाँले बाँकेको खजुरा बजारको पूरानो साख फर्काएर यस क्षेत्रकै व्यापारिक एवं उद्यम केन्द्र बनाइने बताउनु भयो ।

बाँकेको क्षेत्र नम्बर ३ को बजार क्षेत्रलाई आधुनिक बजारीकरण तथा ग्रामीण क्षेत्रलाई व्यवसायिक कृषि एवं पशुपालन क्षेत्रका रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताउनु भएको छ ।सहमहामन्त्री राठौरले खजुरा बजार पहिले विमानस्थल र खाद्य भण्डारका रुपमा यस क्षेत्रमै चर्चित र व्यस्त बजार रहेकोमा पछिल्लो राजनीतिक नेतृत्वले खजुरालाई अगाडी बढाउन नसकेको बताउनु भयो ।

आफु बाल्य एवं युवाकालमा खजुराको विमानस्थल प्रयोग गरेर आवतजावत गर्ने गरेको स्मरण गर्नुहुँदै सहमहामन्त्री राठौरले खजुरा बजार भित्रका गाउँहरुले खाद्यान्न उत्पादन गरेर देशका विभिन्न भागमा पठाउने विगतलाई पुनःस्थापित गर्ने खालको कार्यक्रम ल्याउने बताउनुभयो ।

सहमहामन्त्री राठौरले २ वर्षभित्र नेपालगञ्ज गुलरिया सडकलाई फोर लेन बनाउने तथा पेडारीसहितका नालामा अत्याधुनिक पूल निर्माण गर्ने आफ्नो घोषणापत्रमा उल्लेख गरेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् बैठक एक साताका लागि स्थगित
२०८२ असार ३१, मंगलबार
एमालेको ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’
२०८२ असार ३१, मंगलबार
आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का
२०८२ असार ३१, मंगलबार
नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा
२०८२ असार ३१, मंगलबार
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
२०८२ असार ३१, मंगलबार
‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष
२०८२ असार ३१, मंगलबार
राष्ट्रियसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
२०८२ असार ३१, मंगलबार