असार ३१, २०८२ मंगलबार July 15, 2025

काठमाण्डौं – ७ : यस्ता छन् उम्मेदवारका चुनावी ‘एजेण्डा’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन केही दिनमात्रै बाँकी छ । आफ्नो चुनावी ‘एजेन्डा’ बोकेर उम्मेदवारहरू मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन् । आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धा ठूला राजनीतिक दलबीच नै हुने देखिन्छ । यद्यपि स्वतन्त्र रूपमा उम्मेदवारी दिनेको सङ्ख्या पनि कम छैन ।

काठमाडौँ क्षेत्र नं- ७ मा प्रतिनिधिसभा सदस्यमा विभिन्न राजनीतिक दलका तर्फबाट १३ र १६ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । सो क्षेत्रमा सत्ता गठबन्धनबाट अस्मिता सिंह (मानुषी) यमी भट्टराई नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएर मैदानमा रहेका छन् । नेकपा (एमाले) बाट श्यामकुमार घिमिरे उम्मेदवार रहेका छन् । यमीलाई नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) को समर्थन छ ।

सो क्षेत्रमा विसं २०७४ को निर्वाचनमा नेकपा (एमाले) बाट रामवीर मानन्धर निर्वाचित भएका थिए । उनले आठ हजार २३ मतान्तरले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रमबहादुर थापालाई पराजित गर्दै १८ हजार एक सय दुई मत प्राप्त गरेका थिए । तीव्र आर्थिक विकासका लागि लगानीमैत्री वातावरण बनाउने र प्रवर्द्धनमा सहजीकरण गर्ने अठोटका साथ गठबन्धनका उम्मेदवार मानुषी अघि बढेकी छन् । कुल गार्हस्थ्य बचत वृद्धि गरी लगानीतर्फ प्रोत्साहन गर्ने उनको चुनाव प्रमुख एजेन्डा रहेको छ ।

यसपटक पूर्व सांसद मानन्धर स्वतन्त्र रुपमा घण्टाघर चुनाव लिएर चुनावी मैदानमा रहेका छन् । ०७४ सालको निर्वाचनमा निर्वाचित उनी मानन्धर आफूले सुरु गरेर पूरा गर्न नभ्याएका बाँकी विकासका योजना पूरा गर्न पुनः उम्मेदवारी दिएको बताउँछन् । उनी आफ्नो जित कायम राख्ने कसरतमा रहेका छन् । सो क्षेत्रमा तीन उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

 

एमाले उम्मेदवार घिमिरे कला, संस्कृतिको संरक्षण गर्दै पर्यटकीय विकासका योजनालाई अघि बढाउने एजेन्डासहित चुनावमा होमिएका छन् । त्यस्तै, सो निर्वाचन क्षेत्रमा १० वडा समेटिएका छन् । ती मध्ये काठमाडौँ महानगरपालिकाका चार, नार्गाजुन नगरपालिकाका तीन र तारकेश्वर नगरपालिकाका तीन वडाहरू रहेका छन् ।

गत स्थानीय तहको निर्वाचनको नतिजाअनुसार काठमाडौँ महानगरको १६, १७ र २५ सोही क्षेत्रअन्तर्गत पर्ने नागार्जुन नपा–१ र तारकेश्वर–५ मा कांग्रेसले जित हासिल गरेको छ । एमालेले काठमाडौँ महानगरअन्तर्गतका वडा नं १८, सोही निर्वाचन क्षेत्रअन्तर्गत पर्ने नागार्जुनको २, ३ र तारकेश्वरको वडा नं ४ मा जित हासिल गरेको छ । सो निर्वाचनमा कांग्रेसका वडाध्यक्षले १४ हजार एक सय ६७, एमालेका वडाध्यक्षले १२ हजार दुई सय दुई, नेकपा (माओवादी केन्द्र) ले पाँच सय ७६ र नेकपा (एकीकृत समाजवादी) ले तीन हजार ३८ मत प्राप्त गरेका छन् । स्थानीय तहको मतका आधारमा यो क्षेत्रमा सत्ता गठबन्धन नै बलियो देखिन्छ ।

स्वतन्त्र रूपमा उम्मेदवारी दिनेहरूमा मानन्धरसहित हेमबहादुर ढुङ्गेल, रोजिना अवाले, किरण केसी, सुजनराज बज्राचार्य, रवीन्द्रकुमार श्रेष्ठ, लोकप्रसाद सिंखडा, प्रसन्नकुमार अर्याल, यादवलाल कायस्थ, राजकुमार कोइराला, भरत तामाङ, मञ्जुमाया तामाङ, जानुका पौडेल, हेम ढुङ्गेल, लक्ष्मण गजुरेल र ईश्वर अर्याल छन् ।

उक्त क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धुर्वविक्रम मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली, नेपालका लागि नेपाली पार्टीबाट राम नेपाली, जनसमाजवादी पार्टी नेपालबाट शैलेशराज श्रेष्ठलगायतले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ काठमाडौँ–७ मा कुल मतदाताको सङ्ख्या ६१ हजार दुई सय ९१ रहेको छ । तीमध्ये ३१ हजार ६ सय ६४ महिला र २९ हजार ६ सय २७ पुरुष मतदाता रहेका छन् । सो क्षेत्रमा मतदान केन्द्र २९ र मतदानस्थल ७१ निर्धारण गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् बैठक एक साताका लागि स्थगित
२०८२ असार ३१, मंगलबार
एमालेको ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’
२०८२ असार ३१, मंगलबार
आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का
२०८२ असार ३१, मंगलबार
नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा
२०८२ असार ३१, मंगलबार
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
२०८२ असार ३१, मंगलबार
‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष
२०८२ असार ३१, मंगलबार
राष्ट्रियसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
२०८२ असार ३१, मंगलबार