असार ३१, २०८२ मंगलबार July 15, 2025

राप्रपाले काठमाडौंको वसन्तपुरमा शुक्रबार आमसभा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राप्रपाले आउँदो शुक्रबार काठमाडौंमा आमसभा गर्ने भएको छ ।  आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै प्रचारप्रसारलाई तिव्रता दिएको राप्रपाले शुक्रबार काठमाडौंमा आमसभा गर्न लागेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार काठमाडौंको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गर्न लागेको हो । उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उम्मेदवारहरुले मतदानका लागि सामूहिक अपिल गर्ने कार्यक्रम छ । यसपटक उपत्यका आफूहरु विजयी हुने श्रेष्ठले दाबीसमेत गरे ।

देशका १४२ प्रतिनिधिसभा र २८६ प्रदेश सभा क्षेत्रमा उमेदवारी दिएको राप्रपा सबैभन्दा बढी उमेदवार उठाउने एमाले पछिको दोस्रो दल हो ।
राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावी सभा गरिसकेको छ।

राप्रपाले कात्तिक २४ गते एकैदिन ६ वटा सभाको आयोजना गरेको छ । अध्यक्ष लिङ्देन र पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले सिन्धुपाल्चोक, सिन्धुली, सिराहा, मकवानपुर, उदयपुर र सुनसरीको धरानमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यथास्थितिमा परिवर्तनको नारा दिएर राप्रपाले मतलाई मनसँग जोड्न मतदातासँग मत मागिरहेको छ । अध्यक्ष लिङ्देन झापा–३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् । अध्यक्षको झापाको चुनावी अभियानलाई दृष्टिगत गर्दै अन्य जिल्लामा चुनावी सभा तय गरिएको र कात्तिक २९ गतेसम्म चुनावी सभा गरिने राप्रपाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् बैठक एक साताका लागि स्थगित
२०८२ असार ३१, मंगलबार
एमालेको ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’
२०८२ असार ३१, मंगलबार
आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का
२०८२ असार ३१, मंगलबार
नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा
२०८२ असार ३१, मंगलबार
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
२०८२ असार ३१, मंगलबार
‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष
२०८२ असार ३१, मंगलबार
राष्ट्रियसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
२०८२ असार ३१, मंगलबार