काठमाण्डौंः राप्रपा महामन्त्री धवल शम्शेर राणालाई झटका लागेको छ । चुनावकै मुखामा राप्रपा बाँके जिल्ला उपाध्यक्ष बिन्दु चर्तीमगरले पार्टी परित्याग गरेपछि राणालाई झटका लागेको हो ।
राप्रपा बाँकेकी जिल्ला उपाध्यक्ष तथा चर्चित नेतृ बिन्दु चर्ती मगरले राप्रपा परित्याग गरेको घोषणा गरेकी हुन। आज मगरले चलाउदै आएको सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।
चर्ती मगरले आफ्नो सामाजिक संजालमा अगाडी लेखेकी छन् –’दुइ दशक भन्दा बढी समय बिताएको राप्रपासङ्ग वडा सचिवको जिम्मेवारी सम्हाल्दै हाल जिल्ला उपाध्यक्ष पदको इमान्दारीका साथ जिम्मेवारी सम्हालदै आएको थिए ।
तर आज देखि साधरण सदस्य नरहने गरि यो पार्टी परित्याग गरेको घोषणा गर्दछु । पार्टी परि त्याग गर्न बाध्यता बनाइदो रहेछ हामी जस्तो इमान्दार कार्यकर्ता केहि ब्यक्ति विशेषले गर्दा यो पार्टी छोड्न बाध्य हुँदोरहेछ । आज सम्म मलाई साथ र हौसला दिनु हुने मेरा आदरणीय नेता ज्यु तथा दिदीबहिनीहरुमा हार्दिक आभार प्रकट गर्दछु।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया