असार ३१, २०८२ मंगलबार July 15, 2025

चुनाव भनेको व्यक्ति चुन्ने मात्र हाेइन, देशको भविष्य चुन्ने पनि हो : राजेन्द्र लिङ्देन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव भनेको एउटा व्यक्ति वा दल चुन्ने मात्र नभएको बताएका छन्। सिन्धुपाल्चोकको मेलम्चीमा आयाेजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले चुनाव भनेको देशको सुन्दर र सुदूर भविष्य चुन्ने दिन भएको बताएका हुन्।

आगामी मंसिर ४ को निर्वाचनलाई सीमित राजनीतिक दलको चक्रव्यूहबाट देशलाई मुक्त गराउने अवसरको रुपमा लिनुपर्ने उनले बताए । निर्वाचनले देश र जनताका भविष्य बनाउने भएकाले आसन्न निर्वाचनलाई गम्भीर रुपमा लिन आग्रह पनि गरेका छन् ।

तीन दशकदेखि बहुदलीय व्यवस्था आएपछि देश ठूला भनिएका पार्टी र नेताहरूको बन्धकमा परेको आरोपसमेत लगाए । तीन दशक अर्थात् एउटा युग कांग्रेस र कम्युनिष्टले खेर फालेको आरोप लगाउँदै सिन्धुपाल्चोकमा पशुपतिशमशेर राणाले गरेको विकासको स्मरण गराए।

सोही चुनावी सभालाई सम्बोधन गर्दे राप्रपाका पूर्व अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक, झापा मात्र नभई छोरा राजेन्द्र लिङदेनसँगै संसद्‌मा पुगेर सुनौलो देश निर्माणको लागि खबरदारी गर्ने बताए ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् बैठक एक साताका लागि स्थगित
२०८२ असार ३१, मंगलबार
एमालेको ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’
२०८२ असार ३१, मंगलबार
आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का
२०८२ असार ३१, मंगलबार
नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा
२०८२ असार ३१, मंगलबार
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
२०८२ असार ३१, मंगलबार
‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष
२०८२ असार ३१, मंगलबार
राष्ट्रियसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
२०८२ असार ३१, मंगलबार