असार ३१, २०८२ मंगलबार July 15, 2025

देशको समृद्धिका लागि पर्यटन विश्वविद्यालय आवश्यक : बलबहादुर केसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बलबहादुर केसीले देशको समृद्धिका लागि पर्यटन विश्वविद्यालयको अवधारणा ल्याएका छन् ।

सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका उनले पर्यटनको क्षेत्रबाट नेपालले आर्थिक उन्नति गर्न सक्ने भन्दै पर्यटन विश्वविद्यालयको अवधारणा ल्याएका हुन् ।

सगरमाथासमेत रहेको सोलुखुम्बुको पर्यटनको क्षेत्रमा निकै काम गरेको बताउने उनले सोलुखुम्बुसहित समग्र देशकै समृद्धिका लागि पर्यटन विश्वविद्यालय, प्राविधिक शिक्षालय, एकघर एक रोजगारको अवधारणा ल्याएका हुन् ।

सगरमाथा जाने बनेको तल्लो बाटोले पर्यटन विकासको क्षेत्रमा छलाङ मारेको उनको भनाइ छ । चुनावी प्रचारप्रसारका क्रममा मतदातासँग उनले सोलुको पर्यटन क्षेत्रको विकासका लागि आफू सक्रिय रहँदै आएको र बाँकी काम गर्ने प्रतिबद्धता जनाए ।

यसैबीच,  ४० जनाभन्दा बढी एमालेका नेताहरु पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् । जिल्ला कमिटी सदस्यसमेत रहेका माप्य दुधकोसी गाउँपालिका इन्चार्जसमेत रहेका पूर्व वडा अध्यक्ष नारायणकाजी कार्कीसहित ४० जनाभन्दा बढी एमाले नेता कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बलबहादुर केसीले स्वागत गर्दै कांग्रेसमा भित्र्याएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् बैठक एक साताका लागि स्थगित
२०८२ असार ३१, मंगलबार
एमालेको ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’
२०८२ असार ३१, मंगलबार
आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का
२०८२ असार ३१, मंगलबार
नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा
२०८२ असार ३१, मंगलबार
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
२०८२ असार ३१, मंगलबार
‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष
२०८२ असार ३१, मंगलबार
राष्ट्रियसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
२०८२ असार ३१, मंगलबार