असार ३०, २०८२ सोमबार July 14, 2025

रुपाकोट विद्यालयले पायाे चार कोठे पक्की भवन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हिमा गाउँपालिकामा रहेको रुपाकोट आधारभुत विद्यालय बाजागाडले पक्की भवन पाएकाे छ । कक्षा कोठा अभाव झेलिरहेकाे यस विद्यालयले राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत चार कोठे पक्की भवन पाएकाे हाे ।

प्रधानाध्यापक शान्ति शाहीका अनुसार हिमा गाउँपालिका कै दुर्गम गाउँ बाजागाडा र रुपाकोट आधारभुत विद्यालयमा अध्यनरत बालबालिकाले भवन अभावमा निकै दु:ख झेलिरहेका थिए । उनका अनुसार चार कोठे भवन निर्माण भएपछि अब विद्यार्थीले राहत महसुस गर्ने छन् ।

प्रधानाध्यापक  शाहीले  सरोकारवाला निकायको सहयोगमा भवन निर्माणपछि तीन कोठामा ६ कक्षा सन्चालन गर्नु पर्ने बाध्यता हटेको बताए । उनले भनिन्, ‘बालबालिकाले सुख मनले कक्षा कोठमा बस्न पाउने भएका छन् ।’ उनका अनुसार ३६ लाख लगानीमा टिनले छाएको दुई तले पक्की भवन निर्माण भएको  छ ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले भवन उद्घाटन गरेका छन् । अध्यक्ष शाहीले अब विद्यालयमा आउने बिग्रिएको बाटो बनाउने र घेरबारमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । दिलमाया शाही/न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार