असार ३२, २०८२ बुधबार July 16, 2025

चकलेटमा कांग्रेस र लोसपाको चुनाव चिह्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः निर्वाचनकाे प्रचारप्रसारमा दलहरूले फरक ढंगले मतदातालाई आकर्षित गर्ने प्रयास गरेका छन् । रुपन्देही ३ मा चकलेटमा चुनाव चिह्न राखेर प्रचार प्रसार भइरहेको छ । कांग्रेस र  लाेसपाका उम्मेदवारले प्रचारप्रसारका क्रममा चकलेटमा दलकाे चुनाव चिह्न छापेर बाँडेका हुन् ।

जसपा उम्मेदवारले बाँडेकाे चकलेटकाे खाेलमा रातो रंगको साइकल र उक्त साइकलमाथि हरियो रंगको स्वस्तिक छापा लगाएको र साइकलमा भोट हालौ साथी लेखिएको छ । त्यस्तै चकलेटमा हरियो रंगको रुख चिन्हमा रातो रंगको स्वस्तिक छाप तथा रातो रंगको अक्षरले चुनाव चिन्ह रुखमा भोट हालौ साथी लेखिएको छ । उक्त चकलेट भैरहवाको एक कम्पनीले उत्पादन गरेको हाे ।

भैरहवा क्षेत्रमा देखिएका ती चकलेट कसले बनाएको भन्ने नखुले पनि गठबनधनको प्रचार प्रसारमा त्यो चकलेट प्रयोग भएको छ । कांग्रेसबाट निर्वाचित एक जनप्रतिनिधिले त्यो चकलेट गठबन्धनकै कार्यक्रमको पृष्ठभूमिमा हातमा लिएर सामाजिक संजालमा पोस्ट गरेका छन् । याे क्षेत्रबाट पाँचदलीय गठबन्धनबाट गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण र प्रदेश सभा सदस्यद्वय लोसपाका सन्तोष पाण्डे र कांग्रेसका रामचन्द्र ढकाल उम्मेदवार छन् ।

निर्वाचन आचार संहिताविपरीत चुनाबको मुखमा गृहमन्त्रीको हस्ताक्षरसहितको अवार्ड बाडिएको छ । सो अवार्ड प्रशासनले नबाँड्न आग्रह गरेपछि आफ्नो सहोदर भाइ रामकृष्ण खाणको आतिथ्यतामा ँबाडिएको थियो । उनी नेपाली कांग्रेस रुपन्देहीको सभापति र तिलोत्तमा नगरको प्रमुखसमेत हुन् ।

निर्वाचन अनुगमन आचार संहिता अनुगमन समिति रुपन्देहीको संयोजक विष्णु ज्ञवालीले मिठाईको खोलमा रुख र साइकल चुनाव चिन्ह राखेर बाँडेको भेट्टाएको बताए । उनले भने, ‘हामीले कारबाहीका लागि आयोगमा लेखी पठाएका छौं, आचार संहिता उल्लंघन गर्ने जोसुकै भए पनि कारबाहि हुन्छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया