असार ३२, २०८२ बुधबार July 16, 2025

प्रभु साहलाई सहयोग गरेको भन्दै पाँच जनप्रतिनिधिलाई एमालेले सोध्यो स्पष्टीकरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्वतन्त्र उम्मेदवार प्रभु साहलाई चुनावमा सहयोग गरेको कारण रौतहटमा पाँच जना जनप्रतिनिधिको पद धरापमा परेको छ ।

प्रभु साहको श्रीमती मौलापुर नपाकी मेयर रिना साह, उपमेयर नागेन्द्र राय यादव, देवाही गोनाही नपाको मेयर प्रेमलाल साह, उपमेयर परनीया देवी पटेल र गरूडा नपाको मेयर कन्थमनी प्रसाद जयसवालले नेकपा एमालेको विधान विपरीत स्वतन्त्र उम्मेदवार प्रभु साहको चुनावी प्रचारप्रसारमा संलग्न भएको भन्दै स्पष्टीकरण सोधिएको छ ।

एमालेले २४ घण्टाभित्र स्पष्टीकरण बारे जानकारी गराउन पत्र काटिएको जनाएको छ । चित्त बुझ्दो जवाफ नआए बाध्य भएर पार्टीले कारबाही गर्ने चेतावनी दिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया