काठमाण्डौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार विक्रम पाण्डेलाई मौन समर्थन गरेका छन् ।
चितवन पुगेका अध्यक्ष ओली चितवनका सबै निर्वाचन क्षेत्रका विपक्ष उम्मेदवार का विषयमा कडा रुपमा प्रस्तुत भए पनि क्षेत्र नं ३ का उम्मेदवार पाण्डेलाई भने मौन सहमती देखाएका हुन् ।
क्षेत्र नं ३ का गठबन्धनका उम्मेदवार डा. भोजराज अधिकारीलाई लक्षित गर्दे ओलीले संसद बिरामी जाच्ने ठाउँ नभएको बताए। कानुन बनाउने ठाउ हो भन्दै ओलीले तिखो प्रहार गरेका थिए ।
यसैगरी क्षेत्र २ का उम्मेदवार रबि लामिछानेलाई लक्षीत गरी टिभीमा समाचार बनाउनेहरु घण्टी बजाउँदै बाटो खोज्दै हिँडेको आरोप लगाएका थिए । तर, क्षेत्र नं ३ मा बलियो मानिएका पाण्डेका बारेमा भने ओली मौन रहे ।
नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालालाई एमालेले चितवन क्षेत्र नं ३ मा समर्थन गरेको छ । त्यसो त एमाले र राप्रपाबी केही स्थानमा गठबन्धन पनि भएको छ तर चितवन ३ मा एमाले र राप्रपाबीच गठबन्धन हुने चर्चा भए पनि अन्तिम समयमा हुन सकेको थिएन ।
चितवन काग्रेसका नेता आफ्नो नाम गोप्य राख्ने सर्तमा भन्छन्-‘एमाले अध्यक्ष ओलीको लक्ष्य दिनेश कोइरालाई जिताउने भन्दा पनि काँग्रेसलाई कमजोर बनाउनु हो । चितवन ३ मा एमालेको रणनीतिले विक्रम पाण्डेलाई फाइदा हुने देखिन्छ ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया