असार २९, २०८२ आइतबार July 13, 2025

सन् २०२४ को राष्ट्रपति निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने ट्रम्पको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ‘अमेरिकाको पुनरागमन अहिले नै सुरु हुँदैछ’ भन्ने बाचासहित पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा अमेरिकी राष्ट्रपतिको चुनाव पुनः लड्ने योजना बनाएको बताएका छन् । उनले आफ्नो फ्लोरिडास्थित मार–ए–लागोमा एक घण्टा लामो भाषणमा समर्थकहरूलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् ।

पूर्व राष्ट्रपति ट्रम्प कतिपय रिपब्लिकन आधारमा अझै लोकप्रिय छन् । राष्ट्रपतिको लागि उम्मेदवार हुन  ट्रम्पले रिपब्लिकन पार्टीको मनोनयन जित्नुपर्नेछ । अन्य रिपब्लिकन नेताले पनि यसको लागि प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

गत साता ट्रम्पले फ्लोरिडाका गभर्नर तथा  उदाउँदो रिपब्लिकन स्टार रोन डिसेन्टिसको आलोचना गरेका थिए । उनले राष्ट्रपतिको मनोनयनमा भाग लने बताएका थिए ।
यसैबीच, ट्रम्पकी छोरी इभान्का ट्रम्पले आफ्नो बाबुको २०२४ को अभियानमा नलाग्ने बताएकी छिन् । ‘म मेरो बुबालाई धेरै माया गर्छु’, उनले भनेकी छिन्, ‘यस पटक, म मेरा साना बच्चाहरू र हामीले परिवारको रूपमा सिर्जना गर्ने निजी जीवनलाई प्राथमिकता दिन छनौट गर्दैछु ।’ – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया