असार २९, २०८२ आइतबार July 13, 2025

व्यापार चोरी गरेको आरोपमा अमेरिकाद्वारा चिनियाँ जासुसलाई २० वर्ष जेल सजाय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकाको सिनसिनाटीको एक अमेरिकी अदालतले एक चिनियाँ नागरिकलाई अमेरिकी उड्डयन र एयरोस्पेस कम्पनीहरूबाट गोप्य व्यापार चोरी गर्ने षड्यन्त्रमा दोषी ठहर गर्दै बुधबार २० वर्षको जेल सजाय सुनाएको कानुन मन्त्रालयले जनाएको छ ।

संयुक्त राज्य अमेरिकामा सुनुवाइका लागि सुपुर्दगी गरिएका पहिलो चिनियाँ जासुस सु यान्जुनलाई आर्थिक जासुसी र व्यापार गोप्य चोरीको षड्यन्त्र गरेको आरोपमा संघीय निर्णायक मण्डलले नोभेम्बर २०२१ मा दोषी ठहर गरेको थियो ।

अभियोजकहरूले सुलाई २५ वर्षको सजायको माग गरेका थिए । तर, सुका वकिलहरूले यसअघिको अदालतको फाइलिङमा भनेका थिए कि यस्तो सजायको माग त्यस्ता अपराधमा दोषी ठहरिएका अन्य व्यक्तिहरूलाई दिइएकोभन्दा बढी हो ।

‘आजको सजायले ती अपराधहरूको गम्भीरता र चिनियाँ सरकार वा कुनै विदेशी शक्तिले हाम्रो आर्थिक र राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने प्रयासहरूको अनुसन्धान र अभियोजन गर्ने न्याय विभागको दृढ संकल्प देखाउँदछ’, अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डले एक विज्ञप्तिमा भने ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया