असार २९, २०८२ आइतबार July 13, 2025

अमेरिकामा क्रिसमस परेडमा गाडी चलाएर ६ जनाको हत्या गर्नेलाई आजिबन कैदको फैशला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकाको विस्कन्सिन राज्यका एक न्यायाधीशले गत वर्ष क्रिसमस परेडमा गाडी चलाएर ६ जनाको हत्या गर्ने र ६२ जनालाई घाइते बनाउने एक व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाएकी छिन् ।

अभियोजकहरूले तर्क गरेपछि ड्यारेल ब्रुक्सलाई गत महिना एक निर्णायक मण्डलले ‘मानव जीवनको पूर्ण अवहेलना’ गरेको देखाएको थियो ।

अदालतले सजायको क्रममा दर्जनौं जीवित र पीडितका परिवारबाट भावनात्मक बयान पनि सुनेको थियो ।

चार–हप्ताको मुद्दाको सुनुवाईमा उनले अदालतको कार्यवाहीमा बाधा पु¥याएका थिए । बुधबार आफ्नो सजाय सुनाउँदै न्यायाधीश जेनिफर डोरोले ब्रुक्सले ‘खराब बाटो’ रोजेको बताइन् । उनले ब्रुक्सलाई ६ वटा आजीवन कारावासको सजाय दिन आदेश दिइन् । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया