मंसिर २०, २०७९ मंगलबार December 6, 2022

सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी बाँकेस्थित नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

निर्वाचनको बेला हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न गए राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्म सीमानाका बन्द गरी सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मी परिचालन भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

बाँकेको तीनवटै निर्वाचन क्षेत्रलाई छुने ६५ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ । भारतमा चुनाव हुँदा पनि सीमानाका बन्द गर्ने गरिएको छ । खुला सीमानाकाका कारण हुने आपराधिक गतिविधि रोक्न बिहीबार भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले संयुक्तरूपमा गस्ती गरेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए ।

उनका अनुसार सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले नियमितरूपमा संयुक्त गस्ती गर्दै आए पनि पछिल्लो समय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गरी संयुक्त गस्तीलाई तीव्र पारिएको छ । बिहीबार जमुनाहबाट सुरु भएको संयुक्त गस्ती टोली हिरमिनिया पुगेर फर्किएको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेडक्र्वाटर बागेश्वरी बाँकेका प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मंगलबारको दिन गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको राशिफल
२०७९ मंसिर २०, मंगलबार
९ कक्षाका छात्राका लागि झन्डै ५ करोडको झोला किन्दै मधेश सरकार
२०७९ मंसिर २०, मंगलबार
चीनमा वायु प्रदूषण : हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु
२०७९ मंसिर २०, मंगलबार
चिनियाँ राष्ट्रपति सी जिनपिङले साउदीको भ्रमण गर्ने
२०७९ मंसिर २०, मंगलबार
तराईमा हुस्सु, काठमाण्डौंको तापक्रम ६.८ डिग्रीमा झर्‍याे
२०७९ मंसिर २०, मंगलबार
युनाईटेड इदी मर्दी एन्ड आरबि हाइड्रोपावरले १०.५२६ प्रतिशत लाभांश बाँड्ने
२०७९ मंसिर २०, मंगलबार
प्रहरीमा सेवा अवधि हट्दै, आइजिपीमा सिंहकै निरन्तरता
२०७९ मंसिर २०, मंगलबार