असार २८, २०८२ शनिबार July 12, 2025

सोमाली सेनाद्वारा आक्रमणलाई असफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सोमाली राष्ट्रिय सेना (एसएनए) ले शनिबार बिहान राजधानी मोगादिसुमा भएको आक्रमणलाई असफल बनाएको छ ।

राजधानीको दलजिर्का दाहसुन क्षेत्रनजिकै एक नागरिकको स्वामित्वमा रहेको गाडीमा जोडिएका दुईवटा विस्फोट पर्दाथलाई सेनाले नियन्त्रणमा लिएका सोमाली प्रहरीबलका प्रवक्ता सादिक दुदिशेले जानकारी दिनुभएको छ ।

विष्फोटक पदार्थलाई सुरक्षित रुपमा निष्क्रिय पारेर आक्रमणलाई असफल पारेको दुदिसेले बताउनु भएको छ । यस अवस्थामा कोही घाइते नभएका पनि उहाँले मोगादिसुमा जारी विज्ञप्तिमा जानकारी दिनुभएको छ । सुरक्षाबलहरुले हताहत हुनबाट बच्नका लागि व्यापार गतिविधि र सार्वजनिक सडक बन्द गरेका जनाइएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया