असार २८, २०८२ शनिबार July 12, 2025

मलेसियामा निर्वाचनपछी बन्यो त्रिशंकु संसद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मलेसियाको निर्वाचनपछि त्रिशंकु संसद खडा भएको छ । विपक्षी नेता अनवर इब्राहिमले सबैभन्दा बढी सिट जितेका छन् । तर, उनको पाकाटन हारापान गठबन्धनले बहुमत ल्याउन सकेन ।

इस्माइल साबरी याकोबको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले अहिलेसम्मकै सबैभन्दा नराम्रो चुनावी पराजय भोगेको छ, जसमा १७८ सिटमा मात्रै ३० सिट जितेको छ ।

दिग्गज राजनीतिज्ञ महाथिर मोहम्मदले नराम्रो पराजय चाखेका छन् । महाथिरले ५३ वर्षमा पहिलो हार बेहोरेका हुन् ।

९७ वर्षीय महाथिरले दशकौंसम्म मलेसियाको राजनीतिमा प्रभुत्व जमाउँदै आएका थिए । उनी पहिलो पटक १९८१ देखि २००३ सम्म देशको प्रधानमन्त्री भएका थिए । उनलाई सन् १९८० को दशकदेखि देशको द्रुत आर्थिक परिवर्तनको श्रेय दिइयो ।  देश अहिले राजनीतिक रूपमा अस्थिर छ । सन् २०१८ को निर्वाचनपछि  देशमा तीन पटक प्रधानमन्त्री बनेका छन् ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया