असार ३२, २०८२ बुधबार July 16, 2025

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७७ मत पाउँदा एमालेका गुरुङले २ हजार २ सय ४७ मत पाएका छन् ।

विजयी भएका गुरुङ मनाङबाट दोस्रोपटक निर्वाचित भएका हुन् । ०७० मा संविधानसभा सदस्य बनेका उनी श्रम तथा रोजगार राज्यमन्त्रीसमेत भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया