असार २८, २०८२ शनिबार July 12, 2025

चीनको कारखानामा भीषण आगलागी, ३६ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मध्य चीनको एउटा कारखानामा आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् ।

सोमबार दिउँसो मध्य चीनको हेनान प्रान्तको आन्याङ शहरको एउटा प्लान्टमा भएको सो आगालागीमा अन्य केही घाइते भएका छन् । आगलागीबारे प्रहरीले अनुसन्धान गरेकोले थप विवरण सार्वजनिक हुन बाँकी नै छ ।

चीनमा औधोगिक दुर्घटना बारम्बार हुने गरेका छन् । सन् २०१९ मा मार्चमा एउटा रसायनिक उद्योगमा लागेको आगलागीमा ७८ जनाको मृत्यु भएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया