असार ३२, २०८२ बुधबार July 16, 2025

भीम रावलको क्षेत्रमा एकीकृत समाजवादीका कुँवरलाई फराकिलो अग्रता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेका नेता भीम रावलको गृह निर्वाचन क्षेत्रसमेत रहेको अछाम-१ मा सत्ता गठबन्धनतर्फका एकीकृत समाजवादीले अग्रता लिएको छ ।

१४ हजार ६९७ मत गणना हुँदा श्रममन्त्रीसमेत रहेका शेरबहादुर कुँवर ८ हजार ३१ मतसहित अगाडि छन् । उनलाई एमालेका झपट बोहरा ४ हजार ८१५ मतसहित पछ्याइरहेका छन् ।

स्वतन्त्र उम्मेदवार राजन कुँवरको मत भने ९४२ रहेको छ । यहाँ कुल ४१ हजार ६४३ मत खसेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया