असार २८, २०८२ शनिबार July 12, 2025

कजाकिस्तानका राष्ट्रपति तोकायभ दोस्रो कार्यकालका लागि निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कजाकिस्तानका  राष्ट्रपति कासिम–जोमार्ट तोकायभ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । हालै भएको निर्वाचनमा तोकायभले ८१ दशमलब ३ प्रतिशत मत प्राप्त गरी पुनः विजयी भएका हुन् ।

प्रारम्भिक तथ्यांकलाई उद्धृत गर्दै देशको केन्द्रीय निर्वाचन आयोगले उक्त घोषणा गरेको हो । टोकायभले आफ्नो बढ्दो स्वतन्त्र विदेश नीति जारी राख्न आफ्नो शासनलाई थप सात वर्ष विस्तार गर्ने अपेक्षा गरिएको थियो ।

‘हामी भन्न सक्छौं कि जनताले मलाई राष्ट्रपतिको रूपमा विश्वास व्यक्त गरेका छन्’ यसअघि आफ्नो पक्षमा भएको एक्जिट पोललाई उल्लेख गर्दै ६९ वर्षीय तोकायभले भनेका थिए ।

सबै पाँच प्रतिस्पर्धीहरू चर्चामा नआएको अवस्थामा टोकायभले कुनै पनि वास्तविक विपक्षी उम्मेद्वारहरूको सामना गर्नुपरेन ।  एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया