श्रावण १, २०८२ बिहिबार July 17, 2025

कैलाली – ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कैलाली क्षत्र नम्बर ३ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी विजयी भएका छन् । उनी २३ हजार एक सय २० मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्धी माओवादी केन्द्रका उम्मेद्वार कुन्दन चौधरीले १७ हजार सात सय ४९ मत प्राप्त गरेका छन् । पूर्वमन्त्री समेत रहेका एमालेका उम्मेदवार गौरीशंकर चौधरीले नौ हजार आठ सय ७४ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ३ मा ६३ हजार चार सय ४० मत खसेकोमा ५९ हजार सात सय १९ मत सदर भएको छ भने चार हजार २१ मत बदर भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया