काठमाण्डौंः मतगणना नसकिँदै काठमाण्डौं ५ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलको जित सुनिश्चित भएको छ। करिब ४ हजार ३ सय ६९ मत गन्न बाँकी रहँदा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग पौडेलले ४ हजार ५ सय ९० मतको अग्रता बनाएका छन्।
पौडेलले १४ हजार ५२ मत पाउँदा पोखरेलको मत ९ हजार ४ सय ६२ मत मात्र रहेको छ । पोखरेलले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसका प्रभावशाली ठानिएका डा. प्रकाशशरण महतलाई हराएका थिए । नरहरी आचार्य गम्भीर बिरामी परेपछी काँग्रेसले झण्डा गाड्दै आएको सो क्षेत्रमा एमालेका बरिष्ठ नेता पोखरेललाई हराउन निकै सकस पर्दै आएको थियो ।
४५ हजार ९ सय ८७ मत खसेको सो क्षेत्रमा हालसम्म ४१ हजार ६ सय १८ मत गणना भएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया