श्रावण १, २०८२ बिहिबार July 17, 2025

काठमाण्डौंका तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संघीय राजधानीको मुटु काठमाण्डौंका तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिजयी भएका छन् ।

काठमाण्डौंको क्षेत्र नम्बर–२ मा पार्टीका उपाध्यक्ष सोविता गौतम विजयी भएकी छन् । गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी एमालेका मणिराम फुँयालले ११ हजार ५५५ मत पाएका छन् । पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगर ९ हजार ४४९ मत ल्याएकी छिन् । काठमाण्डौ–२ मा राप्रपाका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ मतसहित तेस्रोमा रहेकी थिईन् ।

त्यस्तै स्वतन्त्र पार्टीबाट काठमाण्डौ–७ मा गणेश पराजुली र काठमाण्डौ–८ मा विराजभक्त श्रेष्ठ विजयी भएका छन् । पराजुलीले ८ हजार ७४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका श्याम कुमार घिमिरेले ६ हजार ८ सय मत ल्याएका थिए । सोही क्षेत्रमा सत्ता गठबन्धनको समर्थनमा माओवादी केन्द्रकी अस्मिता मानुषी यमी भट्टराईले ६ हजार ६३ मत प्राप्त गरिन् ।

काठमाण्डौ क्षेत्र नम्बर–८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत तथा एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत प्राप्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया