असार २८, २०८२ शनिबार July 12, 2025

भर्जिनियाको डिपार्टमेन्टमा गोली चल्यो, कम्तीमा १० जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भर्जिनियाको चेसापेकमा रहेको एउटा डिपार्टमेन्ट स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

आक्रमणकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । ‘चेसापेक पुलिसले वालमार्टको एक डिपार्टमेन्टमा गोलाबारी भएको पुष्टि गरेको छ । गोलाबारीमा आक्रमणकारीको पनि मृत्यु भएको छ’ चेसापेक शहरले एक ट्वीटमा भन्यो ।

गोली हानाहानको खबर प्राप्त भएपछि घटनास्थलमा ४० भन्दा बढी आकस्मिक सेवाका गाडी पुगेका थिए ।

भर्जिनिया राज्यका सिनेटर लुइस लुकासले ट्वीटरमा भने, ‘आज राती भर्जिनियाको चेसापीकमा रहेको मेरो जिल्लाको वालमार्टमा अमेरिकाको भर्खरको सामूहिक गोलीबारी भएकोमा म अत्यन्तै दुखी छु । जबसम्म हामीले यस बन्दुक हिंसाको महामारी अन्त्यको समाधान खोज्दैनौँ तबसम्म म आराम गर्नेछैन।’

आक्रमणबारे प्रहरीले छानबिन गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया