असार २८, २०८२ शनिबार July 12, 2025

अफगानिस्तानले एक करोड ७० लाख अमेरिकी डलर लिलाम गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानको केन्द्रीय बैंक (डीएबी) ले राष्ट्रिय मुद्राको विनिमय दर लाई स्थिर गर्ने प्रयासको एक भागको रूपमा १७ मिलियन अमेरिकी डलर लिलाम गर्ने निर्णय गरेको छ ।

विगत केही सातादेखि विदेशी मुद्रा विशेषगरी अमेरिकी डलरको तुलनामा अफगानिस्तानको मुद्रा अफगानी मुद्रामा गिरावट आएको छ ।

गत साता एक अमेरिकी डलरको विनिमय दर ८८ अफगानी थियो भने मङ्गलबार स्थानीय मुद्रा सटही बजारमा यो दर ८९ अफगानी थियो ।

विगत केही महिनायता सङ्कटग्रस्त अफगानिस्तानको केन्द्रीय बैंकले विदेशी मुद्राको तुलनामा अफगानीको अवमूल्यन रोक्नका लागि देशको मुद्रा परिवर्तन गर्ने बजारमा लाखौं अमेरिकी डलर भित्राएको छ ।

युद्धग्रस्त एसियाली मुलुक अफगानिस्तानको अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्न अन्तर्राष्ट्रिय समुदायको मानवीय सहायताअन्तर्गत गत वर्ष एक अर्ब ५० करोड अमेरिकी डलरभन्दा बढी नगद प्राप्त गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया