श्रावण ११, २०८१ शुक्रबार July 26, 2024

माथिल्लो डोल्पामा रोकिएका कर्मचारीलाई हेलिकोप्टरबाट उद्धार गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी ल्याउन नेपाली सेनाको हेलिकोप्टर दुनै पुगेको छ । जिल्ला निर्वाचन सुरक्षा समिति तथा निर्वाचन अधिकृतको कार्यालय डोल्पाले बुधबार निर्वाचन आयोग नेपाललाई कर्मचारी उद्धार गर्न आग्रह गरेसँगै आज बिहान हेलिकोप्टर दुनै पुगेको हो ।

समुद्री सतहदेखि चार हजार १० मिटर उचाइ रहेको माथिल्लो डोल्पामा पर्ने शे-फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धमा पर्ने २२ मतदान केन्द्रमध्ये १२ मतदान केन्द्रका कर्मचारी रोकिएको समाचार बुधबार प्रकाशन भएसँगै उनीहरुलाई हेलिकोप्टरबाट उद्धार गर्न लागिएको हो ।

मौसम सफा भए पनि हावा चलिरहेकोले हेलिकप्टर त्यहाँ जान नसकेर दुनैमा अवतरण गरिको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए ।  “उच्च हिमाली क्षेत्रको हावाको गति कम हुने वित्तिकै होलिकप्टर कर्मचारी लिन जान्छ,” उनले भने, “एक पटकमा १८ जना ल्याउन सकिन्छ ।”

डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बुधबारदेखि आयोगसँग पहल गरे पनि ढिलो भएको र सम्भवतः आजै सबै कर्मचारी सदरमुकाम दुनै ल्याइने बताए । माथिल्लो डोल्पामा दुई महिलासहित ४३ कर्मचारी, ४४ प्रहरी र ४८ जना म्यादी प्रहरी मङ्सिर १ गतेदेखि चुनावमा खटिएका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार