काठमाण्डौंः चीनमा फेरि कोरोनाको संक्रमण फैलदैं गएपछि केन्द्रीय शहर बेइजिङ सहितका क्षेत्रहरुमा लकडाउन गरिएको छ ।
केन्द्रीय स्वास्थ्य प्रशासनको निर्देशनमा स्थानीय प्रशासनहरुले कडा लकडाउनको बाध्यात्मक प्रावधान लागू गरेका छन् । मानिसहरुलाई उनीहरुकै घर र अपार्ट्मेन्टमा बस्न भनिएको छ । उनीहरुलाई खानेकुरा र औषधि खरीद बाहेकका अवस्थामा बाहिर निस्कन सख्त मनाही गरिएको छ ।
अत्यावश्यक काममा बाहिर निस्कनेका लागि पनि आफ्नो स्वास्थ्य स्थिति जाँच गराउन स्क्यान गर्नुपर्ने व्यवस्था गरिएको छ । केहि दिन अघि बेइजिङ स्थित एक कारखानाका मजदूरहरुले प्रहरीसँग झडप गरेपछि त्यहाँ थप कडाइ गरिएको छ ।
अनावश्यक हिंडडूल रोक्न आवासीय क्षेत्रहरु प्रवेश गर्ने प्रवेद्वारहरुमा बार हाल्न सुरु गरिएको छ । केहि दिन यता देखि लगातार बढिरहेको कोरोनाबाट छ जनाको मृत्यु भइसकेको छ भने साढे पाँच हजार बढी संक्रमित छन् । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया