मंसिर २०, २०७९ मंगलबार December 6, 2022

नवलपरासी–२ मा राप्रपाका ध्रुवबहादुर प्रधान भारी मतका साथ विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान विजयी हुनुभएको छ । उहाँले निकटतम् प्रतिस्पर्धी कांग्रेसका देवेन्द्रराज कँडेललाई १५ हजार १७० मतान्तरले हराउनुभयो ।

प्रधानले ३४ हजार ७६४ मत पाउँदा कांग्रेसका कँडेलले १९ हजार ५९४ मत प्राप्त गर्नुभयो ।

राप्रपाले अहिलेसम्म ५ क्षेत्रमा जितेको छ । झापा ३–मा राजेन्द्र लिङ्देन, मकवानपुर १– मा दीपकबहादुर सिंह, बाँके २ – मा धवल शम्शेर राणा र जुम्लामा ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही) निर्वाचित हुनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया