असार ३०, २०८२ सोमबार July 14, 2025

कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित – ६ जनाको परीक्षा रद्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित भएको छ । गत ३० र ३१ भदौमा सञ्चालन भएको परीक्षाको आज नतिजा प्रकाशित भएको हो ।

परीक्षामा १ लाख २६ हजार ६५३ जना विद्यार्थी सहभागी भएका थिए । शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार ३४ हजार ६०९ जनाले नन ग्रेड पाएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षार्थी मध्ये ९२ हजार ४४ जनाले मात्र ग्रेड प्राप्त गर्न सकेका छन् । बाँकी ६ जनाको परीक्षा रद्द भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षार्थीले नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिको वेबसाइट अथवा १६०० मा एसएमएस गरेर हेर्न सक्नेछन् ।

परीक्षामा प्राप्त भएको कुनै विषयको ग्रेड अथवा अंकमा चित्त नबुझे १५ दिनभित्र पुनर्योगका लागि आवेदन दिनसक्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार