असार ३०, २०८२ सोमबार July 14, 2025

पेसागत विकासका लागि प्राध्यापकहरूलाई एकदिने तालिम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शिक्षकहरूको पेसागत विकासका लागि प्राध्यापकहरूलाई एकदिने तालिम दिइएको छ । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरले प्राध्यापकहरूका लागि निरन्तर पेशागत विकास कार्यशाला गरेको हो ।

शिक्षकको पेसागत क्षमताको विकास गरी विद्यार्थीको सिकाइलाई सवलीकरण गर्ने उद्देश्य कार्यक्रमको रहेको काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनकोतर्फबाट कार्यक्रम संयोजक पार्वती ढुंगानाले बताइन् । गोष्ठीमा विभिन्न विषय विज्ञहरूले आ-आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रमको पहिलो चरणमा काठमाडौ युनिभर्सिटी स्कुल अफ एजुकेसनका डिन प्रा. बालचन्द्र लुइँटेल र आयोजक नेकका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले गोष्ठीको महत्वबारे चर्चा गरेका थिए ।

ब्लुम्स् टेक्सोमोनी विषयमा प्रा. बालचन्द्र लुइँटेल र विनोदप्रसाद पन्तले संयुक्त रूपमा प्रस्तुति दिएका थिए । स्टिम प्याडागोजी इन इन्जिनियरिङ विषयमा गंगा सुब्बा, कोलावोरेटिभ लर्निङ र क्लासरुम म्यानेजमेन्ट विषयमा डा. बासुप्रसाद सुवेदीले प्रस्तुति दिएका थिए ।

शिक्षकहरूको क्षमता अभिवृद्धि र प्रभावकारी शिक्षणका लागि कार्यक्रम गरिएको आयोजक नेकका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । शिक्षकहरूको क्षमता विकासका लागि कलेजले प्रत्येक वर्ष निरन्तर यस्ता कार्यक्रम गर्दै आएको उनकाे भनाइ छ । गोष्ठीमा अण्डर ग्रायजुएट र इन्जिनियरिङमा माष्टर्स तहसम्म पढाउने विशेष गरी फ्रेस शिक्षक प्राध्यापकहरूलाई तालिन दिने गर्दै आएको जानकारी उनले गराए ।

नेकका एकेडेमिक कोअर्डिनेटर बाबुराम भट्टराई, एसोसिएट प्रोफेसर कृष्णविक्रम शाहलगायतले गोष्ठीले शिक्षण सिकाइमा प्रभावकारिता आउने विश्वास व्यक्त गरे । नेकका अन्डर ग्रायजुयट र माष्टर्स तहमा पढाउने ५० जनाभन्दा बढी प्राध्यापक सहभागी रहेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार