असार २८, २०८२ शनिबार July 12, 2025

ड्रोन आक्रमणमा यमनी सैनिक मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हुथी विद्रोहीहरुले गरेको ड्रोन हमलामा परेर यमनको सरकार कम्तीमा पनि तीन जना सैनिक मारिएका समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँका हुथी विद्रोहीहरुले यमनको दक्षिणी दाहेला प्रान्तमा सो आक्रमण गरेका थिए ।

उक्त आक्रमणमा परेर यमनी सरकारका कम्तीमा पनि तीन जना सैनिक मारिएका हुन् । दक्षिणी प्रान्तको दालेह प्रान्तमा रहेको यमनी सेनाको शिविरलाई लक्ष्य गरेर उनीहरुले हमला गरेका थिए ।

हुथीले सो आक्रमणका क्रममा विस्फोटक पदार्थसहितको ड्रोन हानेको बताइएको छ । उक्त प्रान्तमा केही समय यतादेखि हुथीहरुले यहाँको सरकारी सेनामाथि हमला गर्ने गरेका बताइएको छ ।

केही समय अघि पनि उनीहरुले सो सैनिक शिविरमा एक ड्रोनको माध्यमबाट एक शक्तिशाली क्षेप्यास्त्र नै प्रहार गरेका बताइएको थियो । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया