असार २८, २०८२ शनिबार July 12, 2025

आवासीय भवनमा आगलागी हुँदा चीनमा १० जनाको मृत्यु, ९ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तरपश्चिमी चीनको सिनजियाङ प्रान्तको राजधानी उरुम्चीमा बिहीबार राति एक आवासीय भवनमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

सिन्ह्वा समाचार एजेन्सीले जनाएअनुसार उरुम्चीको तियानशान जिल्लास्थित  अग्लो आवासीय भवनमा बेलुका ७:४९ बजे आगलागी भएको थियो। घाइतेहरूको आकस्मिककक्षमा उपचार हुँदाहुँदै मृत्यु भएको  हो ।

अन्य घाइतेहरू भने घतरामुक्त रहेको जनाइएको छ ।

त्यसैगरी यस हप्ताको शुरुमा मध्य चीनको एउटा प्लान्टमा आगलागी हुँदा ३६ जनाको ज्यान गएको थियो भने दुई जना बेपत्ता भएका थिए ।

यसै बीच सिन्ह्वा समाचार एजेन्सीले हेनान प्रान्तको आन्याङ शहरको वेनफेङ जिल्लामा रहेको वाणिज्य तथा व्यापार कम्पनीको प्लान्टमा आगलागी भएको जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया